शुभ नारायण यादव सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.९ स्थित बाट लाखौंको अबेध गर गहना सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बाेर्डर चेक अाउट पाेष्ट स्वर्णपटिकाे गस्ती टाेलिले चेकजाच गर्ने क्रममा भारतकाे मधुबनि जिल्ला खुटाेना ग्रामपन्चायतका २२ बर्षिय बशिष्ठ चाेधरिलाइ लाखौंको अबेध गर गहना सहित पक्राउ गरेकाे सशस्त्र प्रहरीका प्रमुख एसपि प्रदीप खडकाले जानकारी दिनुभयो ।
उहाका अनुसार पक्राउ परेका चाेधरिकाे साथबाट चादिकाे रेडिमेट पाउजु ४ किलाे २८ जाेडि अन्दाजि मूल्य ४ लाख ३८ हजार ९ सय बराबरको अबेध गहना बरामद गरेको जनाएको छ ।
यता बरामद गरिएको गरगहना सहित चाेधरिलाइ अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बेल्हि बुझाएको तथा साे सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।