सप्तरी । सप्तरीको छिन्नमस्ता गाउ कार्यपालिकाकाे अाज सम्पन्न निर्वाचनबाट कार्यापालिका सदस्य चयन गरिएको छ ।
सम्पन्न मतदानबाट छिन्नमस्ता कार्यपालिकाकाे दलित / अल्पसंख्यक सदस्यमा लाेसपाबाट तिर्थ नारायण रायले २५ मत र नेकपा एमालेबाट विलेक्षण रजकले २४ मत ल्याएर विजयि भएको छ ।
यस्तै महिला सदस्यहरुमा लाेसपाकि जानकि देवि राम २६ मत , नेकपा एमालेबाट गाववति दास २५ मत एमालेबाटे बिना देवि शर्मा २४ मत र जनमत पार्टीबाट जसाे देवि राउतले २३ मत ल्याएर बिजयि भएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिए ।
छिन्नमस्ता गाउँ कार्यपालिकामा कुल ३७ मत खसेकाे थियाे । जसमा ६ जना कार्य पालिका सदस्य मनाेनयन गर्नुपर्नेमा सर्वसम्मत मनाेनयन हुन नसकेपछि अन्त निर्वाचन प्रक्रिया गरेकाे थियाे ।
यसेबिच नव निर्वाचित कार्यपालिका सदस्यहरुलाइ एक कार्यक्रमका बिच प्रमाण पत्र समेत प्रदान गरेका छन ।
निर्वाचन अधिकृत सुर्यराज घिमिरेकाे अध्यक्ष्ातामा तथा छिन्नमस्ता गाउपालिकाका अध्यक्ष बिघानन्द चाेधरिकाे प्रमुख अातिथ्यमा सम्पन्न साे कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.२ का वडाअध्यक्ष सिकिन्द साह, ५ का वडाअध्यक्ष जय प्रकाश ठाकुर , युवा पत्रकारहरु शुभ नारायण यादव , रुपेश कुमार यादव लगायतका बक्ताहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।