शुभ नारायण यादव सप्तरी ,१९ जेष्ठ । समाजसेवामे जीवन बिताएका इमानदार नेता जागेश्वर यादवले अाफु मरुन्जेल सम्म पनि जनताको सेबा गर्ने प्रतिबद्धता जनाएका छन ।
स्वच्छ छबिकाे नेताकाे रुपमा चिनिने यादव साने उमेरदेखि समाजसेवा तथा राजनितिकमा लागिपरेका सु प्रसिद्ध नेता हुन।सन्चारकर्मिहरुसगकाे कुराकानिमा उनले जनताको लागि सदेव अाफु समर्पित रहने तथा अाफु बाचुन्जेल सम्म जनताकै सेवामा नाेकर भएर लागिने बताएका छन ।
२०१७ साल बेशाख १ गतेका दिन सप्तरीको साबिक कबिलासा गाबिस हाल डाक्नेश्वरि नगरपालिका वडा न.१ मा जन्मनु भएका यादव २०४३ सालमा तत्कालीन गाबिस कबिलासाको अध्यक्ष पदमा निर्वाचित समेत भएको थियाे ।
त्यस्तै सप्तरी जिल्ला रेड्क्रसको झण्डै ३ बर्ष सदस्य पदमा रहनुका साथै रास्ट्रीय बिउ बिजनको सदस्यका साथै कबिलाशा मा.बि को ब्यवस्थापन समितीको अध्यक्ष तथा राजबिराज राजदेबी मा.बि को सदस्य समेत रहेकाे थियाे ।
यसेगरि पातो खाघ संथानका सदस्य तथा हाल नेपाली काङ्ग्रेस सप्तरी ३ ख को उपाध्यक्ष समेत रहेका कुशल राजनितिककर्मि हुन । झण्डै ३८ बर्षको राजनितीक अनुभव र जनताको बिचमा निरन्तर सख दुखमा साथ दिदै आएको निस्वार्थ न्यायप्रेमी समाज सेवी यादव हाल डाक्नेश्वरी नगरपालिका वडा न.१ का वडा सदस्य समेत निर्वाचीत भएको छ ।
यसअघि उनी कबिलासा माबिमे विज्ञान बिषय पढाउने शिक्षककाे रुपमा समेत काम गरि राजनितिकमा लागेका ब्यक्ति हुन । त्यस्तै उनी कबिलासा गाबिस भरिमा निशुल्क रुपमा काेचिङ्ग समेत पढाइको थियाे ।
यसेगरि कबिलासा सहित अासपासका गाबिसका हजारांै जनताकाे सेवा गरेका उनी कबिलासाका किसानहरुका लागि पानिकाे मुहारका लागि सिचाइ गर्नका लागि अाफु निर्वाचित भएको बेला पानिका लागि ठुलाे कुलाे समेत खनेर हजारौं बिगहा खेति याेग्य जमिनलाइ सिचाइ गराएकाे हाे ।
जनताकाे दुख परेकाे बेला २४ से घण्टा सेवा गर्ने उनी जिल्ला समन्वय समितिमा उम्मेदवारी समेत दिने बताएका छन ।