शुभ नारायण यादव, सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवले राजविराज नगरपालिकालाई गुलावी शहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।
राजविराज नगरपालिकाले अाज अायाेजना गरेकाे नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र पत्रकार बीच परिचयात्मक कार्यक्रममा मेयर यादवले साे प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा प्रमुख यादवले सरकारी कार्यालयहरुमा ब्याप्त भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा अग्रसर रहने बताउदै धुस दिएर पदको दुरुपयोग गर्न खोज्ने प्रयास गरे कानुनी कार्यवाही गनेृ बताए ।
प्रमुख यादवले शिक्षा, स्वास्थ्य, सरसफाई क्षेत्रको जनगुनासो अन्त्य गर्न संचारकर्मीहरुको अहम भूमिका हुने भएकोले यसमा सहयोग गर्न आग्रह गर्नु भयो । राजविराजका संचालनमा रहेका गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरु माफिया गुण्डाहरुको अखडा बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
राजविराज शहरको विकासको अबरोधक भनेकै माफिया गुण्डातन्त्र प्रमुख कारक हुन्, प्रमुख यादवले भने, घरको काम, ब्यक्तिगत व्यवसाय संचालन गरेर सरकारी तलव भत्ता खाने छुट कसैले पाउने छैन, सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर सावहरुलाई नमस्कार ठोकेर विदा दिन्छु । स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने प्रमुख यादवको भनाई थियो ।
प्रमुख यादवले ६ महिनामा राजविराज नगरपालिकालाई गुलावी शहरको रुपमा विकास गर्ने बताए । नगरपालिकाको फोहर ब्यबस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिना भित्र नगर बस संचालन, असारमसान्त भित्र बसपार्क संचालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रमुख यादवले निकट समयमै राजविराज नगरपालिकालाई विकसित र देशकै सुन्दर शहरमा रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
छाडा सुँगुरलाई घरमा राख्ने पूर्वधार विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले त्यति गर्दा समेत सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने बताए । उनले छाडा गाई गोरु लगायतका चौपायालाई कोशी टापूमा लगेर छोडिने बताए ।
मेयर यादवले नगरमा छाडा पशुचौपायालाई गौशालामा राख्ने ब्यबस्था मिलाएको छु, एक दुई पटकसम्म जरिवाना गर्दा समेत सुधार नभए सिधै कोशी टप्पुमा लगेर छोडिने छ ।
यादवले नगरपालिकामा रहेको बेरुजु असुली गर्ने कार्यलाई पहिलो प्रथामिकतामा राख्ने बताए । कुनैपनि बहानामा सरकारी बजेट अवचलन गर्ने कसैलाई अधिकार छैन, प्रमुख यादवले बेरुजु रहेको सरकारी रकम असुलउपर गर्ने बताए ।
उपप्रमुख इसरत प्रवीणले नगरपालिकामा आफ्नो मातहत रहेको कामलाई दिलोज्यान लगाएर गर्न तत्पर रहेको बताईन् । चुनावमा लिएको प्रतिबद्धताअनुसार काम गर्ने बताउदै आगामी दिनमा गर्ने कार्यमा संचारकर्मी मित्रहरुको सहयोगको अपेक्षा गरको बताइन ।
उक्त कार्यक्रममा वडा अध्यक्ष त्रिलोकिनाथ चौधरी, जय नारायण मण्डल, उदित नारायण यादव, पत्रकारहरु अम्बिका दाहाल ,अबधेश झा ,बिनय कर्ण ,सुखराम यादव ,शुभचन्द झा ,मनाेज माझि ,नवीन गुप्ता लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।