सप्तरी । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा मंगलवार वालविकास शिक्षक हकहित संरक्षण समितिद्वारा तलव वृद्धिसहितका बिभिन्न ४ बुँदे माग राखी ज्ञापन–पत्र बुझाएको छ ।
समितिका अध्यक्ष ललिता कुमारी चौधरीको नेतृत्वमा वालविकास शिक्षकहरुले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीलाई बिभिन्न ४ बुँदे माग राखेर ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्र बुभ्mदै गापा अध्यक्ष चौधरीले वालविकास शिक्षकहरुले उठाएको जायज मागहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयोे । उहाँले गापाको श्रोत, साधनले भ्याएसम्म नियम बमोजिमको सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।
बालविकास शिक्षकहरुद्वारा बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारको आव २०७८÷०७९ को बजेटमा उल्लेख १५ हजार, स्थानीय तहले ब्यहोर्नुपर्ने १० हजार गरी मासिक २५ हजार तलव निसर्त उपलब्ध गराउनुपर्ने, बालविकास कार्यरत शिक्षकहरुलाई पुर्नताजगी तालिमको व्यवस्था गर्नुपर्ने, प्रोत्साहन भत्ता ब्यबस्था गर्नुपर्ने, वालविकास शिक्षकहरुको ब्यबस्थापन गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।