राजविराज । महोत्तरीको बर्दिबासमा मधेस प्रदेशका ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुखहरुको प्रशिक्षण सुरु भएको हो । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नवनिर्वाचित पालिका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । विकास गर्ने थलो स्थानीय तह नै भएको भन्दै उनले तीनै तहबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा प्रशिक्षण जारी रहेको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा धनुषा र पर्साबाहेक ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुख सहभागी छन् ।