जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच पार्टी एकीकरण भएको छ ।
आज(आईतवार) जनकपुरमा आयोजित एक कार्यक्रमबीच रितेशकुमार सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक र जसपाबीच पार्टी एकीकरण भएको हो।एकीकरण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगाययत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।
एकीकरण कार्यक्रममा बोल्दै जसपा अध्यक्ष यादवले मधेसको आवश्यकता नै अहिले एकता रहेको बताएका छन् । उनले अन्य मधेश केन्द्रित दललाई पनि विगतको समीक्षा गरेर एकताका लागि आह्वान गरे। मधेशको मुद्दा र जनताको चाहनाअनुसार अब एकताको विकल्प रहेको बताए ।