शुभ नारायण यादव, सप्तरी । सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीद्वारा विपन्न परिवारका महिलालाई साडी वितरण गरेका छन् । सहिद दशरथ ठाकुर स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरेका हुन् ।
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष कबिता ठाकुरको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्दिय सदस्य सुर्यनाथ यादवले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गर्नु भयो ।
राजविराज नगरपालिका वडा ७ र ८ का भोलीदेवी मुखिा,शान्तिदेवी रजक,भुलरीदेवी मण्डल,सोनारवत्रीदेवी मण्डल,अमलादेवी मण्डल लगायत विपन्न तथा असहाय परिवारका २५ जना महिलाहरुलाई साडी वितरण गर्दै प्रमुख अतिथी यादवले गणतन्त्र सहिदहरुको वलिदानको कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताउनु भयो ।
शाही सक्ता परिवर्तन गनृ हजारौ सहिदहरु मध्ये सप्तरीका सच्चा वीर सपुत दशरथ ठाकुर आफनो ज्यानको बाजीखेलेर गणतन्त्र ल्याउनु भएको बताउनु भयो । सहिदको सपना सकार गर्न हामी सवैको साथ र सहयोगआवश्यक रहेको औल्याउनु भयो ।
सो अवसरमा पुर्व सांसद लक्ष्मीचौधरी, मधेस प्रदेश सांसद प्रमिला यादव, माओवादी केन्दका मधेस प्रदेश सदस्यद्वय महेशप्रसाद यादव, छेदी रजक, सहिद परिवारका रिता चौधरी, राजविराज नपा–८ का वडाध्यक्ष जयनारायण मण्डल, राजविराज नपाका उपप्रमुखका प्रत्याशी प्रमिला साह, भुवनेश्वर पासवान, राम कुमार राय, सिहेंश्वर साह, पत्रकारद्वय देवराम यादव, दिनानाथ यादव लगायतले सहिद ठाकुरले पुर्याएको योगदानको वारेमा चर्चा गर्नु भयो ।