छिन्नमस्ता – छिन्नमस्ता गाउँपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम आज बिहीबार देखि सुरु भएको छ ।
३ दिनसम्म हुने कार्यक्रममा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज पहिलो दिन छिन्नमस्ता गाउँपालिकाकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिका अनुसार यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा हुने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि कामहरु गर्न सहज हुने बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक सुजित दास लगायतका टोलिले प्रशिक्षण दिनुभएको थियो ।
त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाको कर्मचारीले प्रशिक्षण दिनुभएको थियो ।
छिन्नमस्ता गाउँपालिकाको नव निर्वाचित अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा सुरु भइ उहाँले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो।
अभिमुखीकरण कार्यक्रममा वडाका पुर्व जनप्रतिनिधिहरु ,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।