सप्तरी । छिन्नमस्ता गाउँपालिकामा सेभ द् सप्तरीको आयोजनामा र सेभ द् चिल्डे्नको सहयोगमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ता विषयगत कार्यशाला एक दिने तालिम सम्मपन्न भएको छ ।
छिन्नमस्ता गापा स्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयमा आज (विहिवार) भएको कार्यक्रममा गापा भित्र रहेका प्रत्येक विद्यालयबाट १९ वटा बालविकास शिक्षिकाहरुलाई उक्त तालिम दिईएको हो ।
कार्यशाला तालिमको मूख्य उद्देश्य प्रारम्भिक बालविकास तहमासिकाई सहजिकरण गर्ने सिपको विकास गर्ने, ६ वटा सिकाई क्षेत्रसँग सम्बन्धित विषयगत सिकाई सामग्रीहरु निर्माण गर्ने तथा प्रयोग विधि थाहा पाउने, सहजकर्ताहरुका लागि सिकाई आदान प्रदान गर्ने तथा सिकाई प्रक्रियामा सुधार ल्याउने मंचतयार गर्ने सम्बन्धि विषयमा शिक्षिकाहरुलाई तालिम दिईएको छ ।
कार्यक्रममा समुदायिक परिचालक रुभा यादव, सुपरभाईजर राजिव चौधरी, विनिता यादव, फिल्ड अधिकृत मुकेश कुमार मंडलले विभिन्न विषयहरुमा प्रशिक्षित गरेका छन् ।