सप्तरी । छिन्नमस्ता गाउँपलिकाको एक विद्यालयले विद्यार्थी भर्ना लिन नमाने पछि अभिभावकले गाउँपालिका भवन अगाडि अनौपचारिक धर्ना दिएका हुन् ।वडा नं. १ स्थित रहेको महन्थ रा.प्रा.वि. वरही विद्यालयले विद्यार्थी भर्ना नलिएको अभिभावकको आरोप रहेको छ ।
धर्नामा रहेका सुरेन्द्र यादवका अनुसार २ दिन अगाडि विद्यार्थी अंकेश यादवको एडमिसनका लागि विद्यालयमा जादाँ प्रधानाध्यपक मिन्टु यादवले एडमिसनको समय सकिएको बहानामा विद्यार्थीलाई भर्ना नगरेको आरोप लगाएका छन् ।
गापा पुगेका वरहीका अभिभावक चन्द्रनारायण यादवका अनुसार उक्त विद्यालयले भर्नाको समय रहदाँ समेत ६ जना विद्यार्थीलाई भर्ना नगरेको आरोप लगाएका छन् । हामीले विद्यालयको प्र.अं लाई सम्पर्क गर्दा कल लाग्न सकेन् ।
गापा शिक्षा संयोजक राजदेव खंगका अनुसार जेठ मसान्त सम्म भर्नाको अवधि रहेको र उक्त अवधिमा विद्यार्थी भर्ना रोकिन कानुन विपरित भएको बताए । उहाँका अनुसार विद्यार्थी भर्ना समयमा विद्यालयले भर्ना नगरेको ठहर भएका कानुन बमोजिम कारवाही हुने बताएका छन् ।
वडा नं १ का वडा अध्यक्ष ललन(लाल) यादवका अनुसार आफुलाई यो विषयमा जानकारी नरहेको बताए । विद्यालयको बदमासी देखिएमा कानुन बमोजिमको कारवाही गरिने बताए ।