सप्तरी । छिन्नमस्ता गाउँपालिकामा सेभ द् सप्तरीको आयोजनामा र सेभ द् चिल्ड्ेनको सहयोगमा सम्मुन्नति एवम् स्वागत तथा कार्यक्रम परिचयात्म बैठक सम्पन्न भएको छ । आज(शुक्रवार) गापाको सभा कक्षमा भएको कार्यक्रममा सेभ द् सप्तरीले विभिन्न क्षेत्रमा गर्दै आएको कामको विस्तृत जानकारी सहित नवनिर्वाचित जनप्रतिनिधि, कार्मचारीहरु लाई सुभकामना एवम् स्वागत बैठक सम्पन्न हो ।
सेभ द् सप्तरीको सम्मुन्नति कार्यक्रमको वारेमा प्रशिक्षकले विस्तृत जानकारी दिए । सम्मुन्नति कार्यक्रम बालबालिकाको समग्र विकासको क्षेत्रमा काम गरिरहेको सेभ द् सप्तरीले जानकारी दिएका छन् । सम्मुन्नति कार्यक्रम सप्तरीमा ३ गापा र एक नगरपालिकामा सन्चालनमा रहेको बताए ।
सेभ द् सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवका अनुसार यस संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । देवका अनुसार कोभिड महामारीको जटिल अवस्थामा पनि अग्र स्थानमा रहि जोखिममोलेर भए पनि यो संस्थाले काम गरेको स्मरण गरे ।
महामारीका समयमा सप्तरीको १८ पालिका मध्ये सव भन्दा वढि सहयोग छिन्नमस्ता गापाले गरेको समेत स्मरण गरे । अध्यक्ष देवका अनुसार हामी जतिवेला जतासुकै अति दुर्गम, विकराल परिस्थितिमा गरिवि, असहाय, भोखमरिको विरुद्धमा काम गर्न तयार रहेको बताए । उहाँका अनुसार जनसमुदायमा जुनसुकै काम रहेपनि त्यस कामको पहिचान गरी समुह बनाएर सेभ द् सप्तरीको सम्पर्कमा जोसुकै आएपनि संस्थाले समन्वय गर्न तयार रहेको बताए ।
उपाध्यक्ष राजुदेवीका अनुसार गाउँपालिका भित्र कृषिमा विभिन्न रहेको जानकारी दिदै भने कृषिमा रहेको समस्याको पहिचान गरी संस्थाले आवश्यक सहयोग गर्न तयार भयो भने हामीले समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा मनतव्य राख्दै विशिष्ट अतिथि गापा अध्यक्ष विद्यानन्द चौधरीले सेभ द् सप्तरी महामारीको समयमा विभिन्न क्षेत्रमा सहयोग गरेको प्रति धन्यवाद दिदै भने, गापाको निति कार्यक्रममा सेभ द् सप्तरीलाई आवश्यक सुझाव दिन आग्रह समेत गरे । अध्यक्ष चौधरीका अनुसार छिन्नमस्ता गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगार मेजर समस्या रहेको जानकारी गराउँदै संस्थाको तर्फबाट आवश्यक सहयोग गर्न आग्रह समेत गरे । उपस्थित सहभागीको तर्र्फबाट केहि सभागीहरुले आप्mनो मन्तव्य राखेका थिए ।
कार्यक्रममा गापा अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव, सातै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत दिलिप यादव सहभागी थिए । त्यस्तै सेभ द् सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, परियोजना संयोजक संतोष यादव, विष्णुकान्त देव, विद्या मंडल, मुकेश मंडल, राजिव चौधरी, सत्यनाराण यादव, अशोक साह, मिथलेश यादव, रुभा यादव, वद्रि मंडल, रन्जना गुप्ता सहभागी थिए ।
त्यस्तै सेभ द् चिल्ड्ेनबाट वरिष्ठ कार्यक्रम संयोजक खिला नाथ निरौला, कार्यक्रम संयोजक ईन्द्र हायुको उपस्थिति रहेको थियो ।