शुभ नारायण यादव सप्तरी । सप्तरीमा सशस्त्र प्रहरीले करोडौंको अबेध समान सहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट साे अबेध समान सहित ट्रक तथा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे हाे ।
पुर्व पश्चिम लाेकमार्ग अन्तरगत काेशि ब्यारेजमा शङ्का लागि चेकजाक गर्दा सशस्त्र प्रहरी बल नेपाल न.६ गण हेड क्वाटर तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहकाे सन्युक्त टाेलिले UP75M3695 नम्बरको भारतीय ट्रकलाई चेकजाच गर्दा नेपाली कागज पत्र भन्सार समेत नभएको अवस्थामा रिफाइन पाल्माेनियम तेल १५ सय टिन सहित झन्डै १ कराेड ९ लाख ९६ हजार मुल्य बराबरको अबेध समान सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको छ ।
अबैध समान सहित ट्रकका चालक भारतकाे उतर प्रदेश कानपुर प्रान्त देहान बस्ने ३८ बर्षिय अवध बाबू र सह चालक साेहि स्थानका २३ बर्षिय धिरज कुमारलाइ समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल न.६ गण हेड क्वाटरले जनाएको छ ।
यता नियन्त्रणमा लिएका अधेब समान सहित भारतीय नागरिकलाई अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाएको तथा थप अावश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।