सप्तरी । सप्तरी जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका आईतवार सार्वजनिक गरेको हो ।
असार ७ गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ ।
असार ८ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिनु भयो ।
असार ९ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने कार्य रहेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।
असार १० गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र असार ११ गते निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १२ गते मतदानको कार्यतालिका रहेको छ ।
१८ स्थानीय तह रहेको सप्तरीमा जिल्ला समन्वय समितिका कुल ३६ मतदाता रहेका छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन ।
यहाँ नेपाली काँग्रेसको सर्वाधिक १२ मत रहेको छ । यस्तै जसपाको ८, लोसपाको ५, नेकपा एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संग २÷२ मत रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।