राजविराज । सोमबार राजविराज नगरपालिकाको वडा नं। ५ मिलन चौक स्थित खुल्ला राखिएको नालामा एउटा साढें खसेर छटपटाईरहेको थियो । बिहान देखि छटपटाई रहेको साढेंलाई अन्दाजी २ बजे स्थानियहरुले देखेपछि नगरपालिकालाई जानकारी गराए ।
आधा घन्टा पछि नगरपालिकाबाट एउटा जेसिवि आएर साढेंलाई उद्दार गर्न सफल भयो । तर, बर्खा याममा यसरी खुल्ला राखिएको नालामा भोलीका दिनमा मानविय वा अन्य कुनै दुर्घटना नहुने भन्न सकिदैँ ।
विकासिय कामलाई यसरी आधा अधुरो गरी विचमै छाड्ने प्रवृतिले हरेक वर्ष मानिविय वा जिवजन्तुको छति भईरहेको सामाचारहरु विभिन्न माध्यमबाट हेरिरहेका हुन्छौ । यसतर्फ सारोकारवाला निकायले समयमै ध्यानु आवश्यक छ ।
भिडियो लिंक । https://fb.watch/dMYsgI_XDL/