छिन्नमस्ता । छिन्नमस्ता गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिकहरुलाई घरदैलो स्वास्थ्य परिक्षरण तथा औषधि वितरण कार्यक्रम आज (मंगलवार) तेस्रो दिन वडा नं. ४ लालापट्टीमा सम्पन्न भएको छ । एक साता सम्म चल्ने सिविर आईतवारबाट वडा नं. १ वरहिको स्वास्थ्य चौकिबाट विधिवत रुपमा सुरु भएको हो ।
पहिलो दिन वडा नं. १, दोस्रो दिन वडा नं. ५, तेस्रो दिन वडा नं. ४, चौथो दिन वडा नं. ३, पाचौँ दिन वडा नं. ६, छैठो दिन वडा नं. २ र सातौ दिन वडा नं. ७ मा लगातार नै स्वास्थ्य सिविर संचालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त स्वास्थ्य सिविर प्रत्येक वडा अन्तरगतको स्वास्थ्य चौँकिमा विहान ११ वजेबाट संचालन हुने जानकारी गराएका छन् ।
स्वास्थ्य सिविरमा डा. गौतम प्रसाद मंडल (एमविविएस,एमडि) डा.ध्रुव यादव(फिजियोथेराफिस्ट), बालकुमार यादव(अहेव), पंकज कुमार यादव (जनस्वास्थ्य निरिक्षक)को टोलि सिविरमा सहभागी भई स्वास्थ्य सेवा दिइरहेको छ ।
जेष्ठ नागरिकका स्वास्थ्यमा हुने विभिन्न समस्याको समान्य चेकचाँज गरि औषधि सहितको सेवा दिईरहेको डा.बालकुमार यादवले जानकारी दिए । यादवका अनुसार पहिलो दिनको, दोस्रो दिन र तस्रो दिनको स्वास्थ्य सिविरमा करिव २ सय ५० जना जेष्ठ नागरिकहरुले सिविरबाट स्वास्थ्य लाभ लिईसकेको बताए ।