छिन्नमस्ता । छिन्नमस्ता गाउँपालिकाको गाउँ सभाको मिति तय गरिएको छ । आज बसेको कार्यपालिकाको वैठकले आगामी असार १० गते गाउँसभा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले आज एक सुचना प्रकाशन गरी गाउँसभाको समय र स्थान तय गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप यादवका अनुसार गाउँसभा छिन्नमस्ता गाउँपालिकाको अगाडिको सभा हलमा दिनको १२ बजे गर्ने जानकारी दिए ।
गाँउ सभाले आर्थिक वर्ष २०७९।२०८० को वार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने छन् ।