शुभ नारायण यादव, सप्तरी। सप्तरीमा अाज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा अाज बिहान बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साे दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे।
उक्त बसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यता दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।