जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) मतदान प्रक्रिया सुरु भैइसकेको छ ।
पदको बाँडफाँडमा कुरा नमिल्दा सत्तासिन गठबन्धन दलहरु विपरीत गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ भने जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २÷२ मत छ ।