शुभ नारायण यादव,सप्तरी । अग्निपीडितलाई सहयोगी हातहरुको एउटा सानो सहयोग स्वरुप धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा राहत वितरण गरेकाे छ ।
आगलागिको कारण सर्वस्व गुमाई बिच्चलीमा रहेको सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न.- ३ हटैल गाउको अग्निपीडित रीता देवी मुखियालाई राहत स्वरुप त्रिपाल झुल तन्ना,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत मिति २०७९/०३/०८ गते आगलागि हुदा अनुमानित ३ भन्दा बढिकाे क्षति भएको थियाे । उक्त राहत वितरण कार्यक्रममा डाकनेश्वरी नगरपालिका वडा न.३ का वडाअध्यक्ष भाग्येश्वर यादव, प्रहरी चोकी हटैलको प्रहरी सहायक निरीक्षक जीबछ प्रसाद यादव, पत्रकार महेन्द्र सदा,शोभा प्रसाद चौधरी,मो.इदो हुसेन लगायत स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।