राजबिराज । जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धनका साझा उम्मेदवारले जित हासिल गरेका छन ।
आज(आईतवार) सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उक्त गठबन्धनबाट प्रमुख पदका साझा उम्मेदवार नेपाली काँग्रेसका शिव नारायण साह २३ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जसप,एमाले, नेकपा माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले मात्र ११ मत प्राप्त गरेका छन ।
यस्तै उपप्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत समावादी गठबन्धन कै साझा उम्मेदवार लोसपाका शम्भु कुमार यादव २० मत ल्याई विजय भएका छन । उनका निकटतम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका देवकान्त चौधरीले १४ मत मात्र प्राप्त गरेका छन ।
यस्तै सदस्यहरुमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनका उम्मेदवारहरु जागेश्वर यादव (काँग्रेस) २३ मत, रंजिता कुमारी चौधरी (काँग्रेस) २२ मत, सत्य नारायण मण्डल (लोसपा) २० मत, सविता कुमारी साह (नेकपा एस) २३ मत, बहुरी भगत (नेकपा एस) २३ मत, प्राणवत्ती सरदार (जनमत) २३ मत र बृद्धिलाल यादव (जनमत) २४ मत ल्याई विजयी भएका छन् ।
सप्तरीको १८ वटै स्थानीय तहका प्रमुख,अध्यक्ष र उपप्रमुख,उपाध्यक्ष गरि कुल ३६ मतदाता रहेका थिए । यस मध्ये २ मत बदर भए ।
जसमा नेपाली काँग्रेसको १२ मत, जसपाको ८ मत, लोसपाको ५ मत, नेकपा एमालेको ४ मत, जनमत पार्टीको ३ मत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) को २:२ मत रहेको थियो ।