काठमाडौँ । पूर्वएमाले नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् । गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् ।
असार ११ मा जन्माएको पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक आज सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
गौतमले नेकपा विभाजनपछि चलाएको एकता अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल बनाएका हुन् । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।