सप्तरी । सप्तरीको भारदहमा रहेको रोयल सेकेन्ड्र विद्यालयले आयोजना गरेको ईन्टर फाउस हाजिरीजवाफ प्रतियोगितामा टिम एलो हाउस प्रथम भएका छन् । आज विद्यालयमा भएको हाजिरीजवाफ प्रतियोतामा चार वटा टिममा कक्षा १ देखि ३ सम्मको विद्यार्थीहरुको सहभागिता रहेका थिए ।
विद्यालयका अनुसार एलो हाउस, ब्लु हाउस, ग्रिन हाउस, रेड हाउस नाम दिएका टिममा १२ जना विद्यार्थीहरु विच प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा एलो हाउस २ सय १० अंक प्राप्त गरी प्रथम भए भने, दोस्रो स्थानमा रहेका ब्लु हाउँस १ सय ६५ अंक प्राप्त गरे ।
त्यस्तै, बेस्ट अडियन्सको पुरस्कार कक्षा ९ का छात्र खिलेश्वर मण्डलले जितेका छन् । प्रतियोगितामा विद्यालयका प्राधानाध्यपक दिनेश यादव, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।