सप्तरी । छिन्नमस्ता स्तरीय खानेपानी तथा सरसफाईको रणनीति तथा योजना दूई दिने कार्यक्रम आज सम्पन्न भएको छ । १७ गते(शुक्रवार)बाट सुरुभएको रणनीति तथा योजना कार्यक्रमको उद्दघाटन गर्दै गापा अध्यक्ष विद्यानन्द चौधरीले यहाँका आवश्यक नितिका अभावमा करिव ९० प्रतिशत नागरिक आर्सेनिक युक्त खानेपानी बाध्य रहेको बताए ।
चौधरीका अनुसार खानेपानी र सरसफाई अति आवश्यक, संम्वेदनशिल विषय भएको हुनाले सबैले आप्mनो स्तरबाट गर्नुपर्ने कार्य र गापासँगको सहकार्यले यसलाई निर्मुल पार्न आवश्यक रहेको बताए । प्रमुख प्रशासकिय अधिकृत दिलिप यादले शुभकामना मन्तव्य राख्दै भने, रणनिति आफैमा एउटा विषेश विषय भएको हुनाले रणनीति र योजना विना कुनैपनि काम सफल नहुने बताए ।
यादवका अनुसार छिन्नमस्ताको समग्र विकासका लागि सफा पानी र सरसफाई गर्न आवश्यक भएको यसको लागि आजको यो खानेपानी तथा सरसफाईको रणनीति तथा योजना कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताए । कार्यक्रममा सातै वटाका जनप्रतिनिधि,वडा अध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति रहेका थिए ।