सप्तरी । छिन्नमस्ता गाउँपालिकाले नागरिकको व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा, नेपाल सरकारको दर्ता शिविर संचालन गरेको छ ।
आज वडा नं. ३ का अध्यक्ष विजय यादवले मा.वि. सखडाबाट शिविरको विधिवत् उद्दघाटन गरेका छन् । अध्यक्ष यादवले शिविरले उद्देश्य बमोजिमको कार्य गर्ने विश्वास व्यक्त गरे ।
शिविरमा जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद तथा बसाई सराईको विवरण लिने र समाजिक सुरक्षा भत्ता लिने योग्य भई छुटेका लाभग्राहिको विवरण संकलन गर्ने कार्य शिविरले गर्नेछन् ।
शिविर सातै वटामा आजबाट क्रमश वडाका फरक फरक स्थानमा ३ वडा शिविर ३ दिन सम्म संचालन गरिने आयोजकले जानकारी दिएका छन् ।