सप्तरी । छिन्नमस्ता गाउँपालिकाले जनप्रतिनिधिहरुलाई न्यायिक समिति तथा मेलमिलाप समितिलाई स्थानिय सरकार संचालन ऐन २०७४ एवमं लैंगिक हिंसा सम्बन्धित तालिम दिन शुरु गरेको छ ।
आज(आईतवार)बाट गाउँपालिकाले आयोजना गरेको उक्त तालिममा जनप्रतिनिधिहरुलाई स्थानिय सरकारका निति,नियम,ऐन,कानुन सम्बन्धि विशेष तालिम दिने गाउँपालिका कानुनि सल्लाहकार ओम प्रकाश यादवले जानकारी दिए ।
साउन २३ गते सम्म चल्ने तालिममा कानुनको विषयमा मात्र नभई लैंगिक हिंसा सम्बन्धि विशेष प्रशिक्षण दिने आयोजकको भनाई छ । स्थानिय सरकारका न्यायिक समितिलाई न्याय सम्पादन प्रक्रिया,कोनुनको वर्गीकरण, कार्यविधि तथा कार्यविधिका चरण सम्वन्धिमा विषेश रुपमा तालिम दिने गापाका कानुनि सल्लाहकार यादवले जानकारी गराए ।
आजको कार्यक्रममा गापाका सातै वडाका सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, उपाध्यक्ष, अध्यक्ष, कानुन व्यवसायी, कानुनि सल्लाहकारहरुको वृहत उपस्थिति रहेको थियो ।