काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुईदिने बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । यसैबीच, लोसपाले सरकारले ल्याएको भूउपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ ।
नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको भूउपयोग नीतिप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यो नियमावली अन्त्यन्त अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको हो र यो हाम्रो संस्कृतिमाथिको प्रहार भएको लोसपाको निष्कर्ष छ ।