सप्तरी । छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिताको उद्दघाटन जनप्रतिनिधिहरुले दौड प्रतियोगितामा हिस्सा लिएर खेलको सुरुवात गरेको हो ।
आजबाट सुरु भएको छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडामा भईरहेको २ दिने खेलकूद प्रतियोतिको उद्दघाटनमा गापा अध्यक्ष विद्यानन्द चौधरी,उपाध्यक्ष राजुदेवी यादवका साथै सातै वडाका वडा अध्यक्षहरुले खेलको उद्दघाटन दौडेर गरेका हुन् ।
राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगितामा गापामा रहेका चार वडा मावि विद्यालयहरुका छात्र,छात्रा विच विभिन्न ३ वटा खेलहरु खेलाउने छन् । कब्वडि, दौड, कराते खेल खेलाउनका लागि अन्तराष्ट्रिय रेफ्रि विसन मोते, कराते प्रशिक्षक संजय परियार सहितका टोलीले खेललाई पर्यादा पूर्वक खेलाउँने शिक्षा संयोजक राजदेव खंगले जानकारी दिए ।
कार्यक्रममा गापा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षको सहित गापा भित्र रहेको १९ वडा विद्यालयहरुको प्रधानाध्यपकहरु विद्यार्थीको उपस्थिति रहेका थिए । खेलको फाईनल रिजल्ट भोलि आउँने आयोजकले जानकारी दिएका छन् ।