काठमाडौं । सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने सुचना जारी गरेको छ ।
गृह मन्त्रालयले आज एक सुचना प्रकाशित गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।