सप्तरी । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व इद–उल–अजाह (बकर–इद) देशभरका मस्जिद लगायत छिन्नमस्ता गाउँपालिकामा रहेको जामे मस्जिद सखडामा पनि हर्षोल्लासपूर्वक यो पर्व मनाएका छन् ।
मुस्लिम धर्म गुरुका अनुसार बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने, एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास रहेको बताएउँछन् ।चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको बताएका छन् ।
सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको ईस्लाम धर्मगुरु बताउँछन् । इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
आज नेपाली जामे मस्जिदहरुमा यो पर्वको अवसरमा भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
भिडियो लिंक ।
https://fb.watch/ea4DI0tqgq/