सप्तरी । छिन्नमस्ता गाउँपालिकाको कर्मचारी चोरी गर्दै समातिएका छन् । सोमबार राति वडा नं. ६ कोचाबखारी स्थित रहेको कृषि शाखामा लुकाईएर राखिएको गहूँ त्यसै शाखामा कार्यरत कर्मचारी सिंहेश्वर महतो चोरी गर्दै रंगेहात पक्राऊ परेका छन् ।
महतोले विना प्रक्रिया सोमबार राति करिव ९ बजे गाडिमा गहूँ लोड गर्दै रहदाँ स्थानियले वडा अध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, प्रहरीलाई जानकारी गराए लगतै घट्ना स्थल पुगेका जनप्रतिनिधि सहित प्रहरी टोलीले चोरी सैलिमा लोड गर्दै गरेको गहूँ, गाडि सहित चोरीमा संलग्न ४ चनालाई पक्राउँ गरिएको छ ।
करिव एक सय बोरा गहूँको बोरा सहित पक्राउँ गरिएको चोरीका मुख्य ओरापि सिंहेश्वर महतो सहित तिनै जनालाई ईलाका प्रहरी सखडामा राति ११ बजे ल्याईरहेको थियो ।
वडा अध्यक्ष कपिलेश्वर साहका अनुसार पक्राऊ परेको गहुँ गत वर्ष किसानका लागि वितरण गर्न ल्याईएको त्यहि गहुँ हो, जुन पालिकाबाट गत वर्ष केहि बोरा लुटिएको थियो । तर, महतोले पुरै गहु लुटिएको व्यहोरा पालिकालाई जानकारी दिएका थिए ।
गहुँ, महतो र पूर्वजनप्रतिनिधिकै सेटिंमा कृषि शाखामा ताला बन्द गरेर राखिएको र मौका छोपि समय समयमा महतोले चोरी गर्दै आईरहेको स्थानियहरुले आरोप लगाएका छन् ।
Video link
https://www.facebook.com/100069622831319/posts/pfbid0u2Fm4m8mmFb9jshEdZ7SYb6X1pWPXrZRoTvigE7iw3iZ7WxohQwjs8fLwRdXEGDLl/