शुभ नारायण यादव सप्तरी । मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार नवनिर्मित नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ मा४७ लाखमा दुई कोठै निर्मित भवन नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको एक समारोहका बीच मन्त्री साहले उद्घाटन गरेको हो ।
विधालय निर्माण समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले शिलालेख पढेर नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन ।
मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको निर्माण भएको विधालय समितिले जनाएको छ ।
विधालय उद्घाटन समारोहमा स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.स.विकाश तिवारी ,महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा ,वि.ब्य.स.का अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं. १० का वडा अध्यक्ष गंगाराम खंग, लगायत जनप्रतिनिधिहरु, बिभिन्न राजनैनिक दलका प्रतिनिधिहरु, लगायतका स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।