शुभ नारायण यादव,सप्तरी । सप्तरीको राजबिराज नगरपालिकाका पुर्व नगरप्रमुख शम्भु प्रसाद यादब नेकपा माओवादी केन्द्र परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ ।
लोसपा सप्तरीद्वारा अाज जिल्ला समन्वय समितिकाे सभाहल राजबिराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी का वरिष्ठ नेता राजेन्द्र महतोले पुर्व मेयर यादब लाई फुलमाला र टीका लगाई पार्टीमा स्वागत गरेका छन ।
यसैगरी राजबिराज नगरपालिका पुर्व कार्यपालिका सदस्य प्रमोद कावडा, पुर्व वडा अध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली ,शोभालाल मण्डल ले पनि लोसपा मा प्रवेस गरेका छन ।त्यस्तै राजबिराज नगरपालिका वडा न.३ का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदका प्रत्यासी मो. ईर्साद अन्सारी सहित ७०० भन्दा बढी विभिन्न पार्टी परित्याग गरि लोसपा प्रवेष गरेका छन ।
नवप्रवेशिहरूलाई पार्टीका बरिष्ट नेता राजेन्द्र महतो, लोसपा केन्द्रीय नेता शरद सिंह भण्डारी,अनिलकुमार झा,मधेस प्रदेस अध्यक्ष जितेन्द्र सोनल लगायतले नवप्रवेषीहरूलाई फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन ।
उक्त कार्यक्रममा लोसपा जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग, लोसपा नेता गजेन्द्र मण्डल, जयप्रकाश ठाकुर, रविन्द्र मण्डल, उपेन्द्र साह ओविसी, पुनमकुमारी यादव, जिसस उपप्रमुख शम्भु यादवको उपस्थित रहेको थियो ।
त्यस्तै पार्टी प्रवेश कार्यक्रममा छिन्नमस्ता गापा अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउपालिका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा लौगी श्रेष्ठ , महदेवा गाउपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अन्जु यादव, हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र प्रसाद यादव, ललन मिश्र, दिपेन्द्र कुमार चौधरी, शैलेसकुमार चौधरी, जिल्ला उपाध्यक्ष वौवा लाल शर्मा, साधना झा, राजकुमार चौधरी, महिन्द्र खंग, कपिल मुखिया, मुसहरु यादव , ललन झा, पिताम्बर यादव, मो याकुब लगायत सयौ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।