शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता देखाएपछि अवैध समानहरु धमाधम धरपकड र बरामद हुन थालेका छन । सोहि क्रममा सशस्त्र प्रहरीले सप्तरीको विभिन्न सिमावर्ति नाकाबाट लाखौंको अबेध समानहरु बरामद गरेको हो ।
सशस्त्र प्रहरी बिओपि छिन्नमस्ताका सय राम एकवाल यादवको कमान्डमा खटिएको टोलिले ५२ हजार ५ सय मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउदे गरेको अवस्थामा सशस्त्र प्रहरीले कपडा , एलइडि टिभि र भाडावर्तन गरि सो मूल्य बराबरको समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो ।
उहाका अनुसार त्यस्तै सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ कोशि ब्यारेजबाट सशस्त्र प्रहरीले पाउडर दूध ३० प्याकेट , चिनि ६० किलो , रजनिगन्धा ४०५ पिस र बाबा तुलसि गरि कुल २८ हजार ७७५ रुपेया बराबरको अबेध समान बरामद गरेका छन । सुरक्षा बेश भारदहका असय लक्ष्मि यादवको कमान्डमा खटिएको टोलिले भारतबाट अबेध रुपमा भन्समर छलि नेपालतर्फ साइकलमा बोकि ल्याउदे गरेको अवस्थामा उक्त समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरि सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा न.५ स्थित टिकुलियाबाट सशस्त्र प्रहरीले आलु २०० किलो , लसुन ४० किलो ,प्याज ९२ किलो , चामल ९५ किलो गरि कुल १९ हजार ४ सय ५० मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छलि लुकिछिपि ल्याउदै गरेको अवस्थामा बिओपि बर्साइनका सशस्त्र प्रहरी निरिक्षक केशव शरण मेनालिको कमान्डमा खटिएको टोलिले सो अबध समान बरामद गर्न सफल भएको छ ।
यता बरामद गरिएका अबेध समानहरुलाइ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको सशस्त्र प्रहरी ६ न. गणले जनाएको छ । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नामाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अबेध समानहरु फेला पर्न थालेको गणपति खडकाले जानकारी दिनुभयो । यता सिमानामा सशस्त्र प्रहरीले धडपकड शुरुवात गरेपछि सप्तरीका तस्करहरु भागाभाग हुनुका साथै बिस्थापित हुने अवस्थामा पुगेको सिमानाका जानकारहरुको कथन रहेको छ ।