सप्तरी । सप्तरीकाे तिलाठि काेइलाडि गाउपालिकाका निवर्तमान अध्यक्ष तथा लाेसपाका नेता सहित सयांै नेता जनमत पार्टीमा प्रवेश गरेको छ । तिलाठी कोइलाडी गाउपालिकाकाे विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन ।
जिल्लाकाे तिलाठी कोइलाडी गाउँपालिका स्थित ताेपामा अाज आयोजित आमसभा कार्यक्रममा लोसपा ,माओवादी केन्द्र सहितका पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेकाे छ ।
पार्टी प्रवेश गर्नेहरुमा तिलाठि काेइलाडि गाउपालिकाका निवर्तमान अध्यक्ष तथा लाेसपाका नेता अध्यक्ष सतिश कुमार सिंह ,माओवादी केन्द्रका नेता मनोज यादव ,जसपा नेपालका नेता तेज नारायण यादव ,उमेश राय लगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरु साे पार्टीमा प्रवेश गरेका हुन ।
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउत र पार्टीको केन्द्रिय कोषाध्यक्ष सुर्य नारायण यादवले संयुक्त रुपमा फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा सप्तरी क्षेत्र न.२ को सर्वेक्षक ऋषिकेश ठाकुर उपस्थितिसमेत रहेको थिए।