शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा खटिएका सशस्त्र प्रहरीकाे सक्रियताले धमाधम अबुध समानहरु बरामद हुन थालेको छ ।
हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१४ डलवा स्थित काेशि पलारबाट सशस्त्र प्रहरीले लाखौंको अबेध इलेक्टि्रकल समानहरु बरामद गरेकाे हाे ।
सशस्त्र प्रहरी बिअाेपि तिलाठिबाट खटिएको टाेलिले झण्डै १ लाख ३७ हजार ९२० रुपेया बराबरकाे साे समान बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे ।
उहाका अनुसार बिअाेपि तिलाठिका सशस्त्र प्रहरी निरिक्षक कृष्ण कुमार भण्डारीकाे कमान्डमा खटिएको टाेलिले भारतबाट अबेध रुपमा भन्सार छलि डुङ्गामा बाेकि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा DB बकस ८ कार्टुन , स्विच ३४० पिस र पावर सकेट ४९० पिस गरि कुल १ लाख ३७ हजार २८८ रुपेयाकाे अबेध समान बरामद गरेकाे बताउनुभयो ।
यता तस्करहरुले सशस्त्र प्रहरीलाई हरेपछि समान छाडि तस्करहरु डुङ्गा सहित भारततर्फ भागेकाे तथा तस्करहरुकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यता बरामद गरिएको अबेध समान अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लोपटक सप्तरीको काेशि पलारबाट स्थानीयबासि तथा जन प्रतिनिधिहरुके मिलाेमताे तथा सरक्षणमा तस्करि फष्टाएकाे स्थानीयहरुकाे भनाइ रहेकाे छ ।