राजेश यादव राजबिराज , भदौ १४ गते । टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन्ड गर्न आज (मंगलबार) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ ।
सप्तरीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमललाई ज्ञापन पत्रका साथै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता (डिएसपी) अभि नारायण कप्लेलाई टिकटक बैन्ड गर्न टिकटक बन्द सँघर्ष समिति सप्तरीले टिकटक एप बैन्ड गर्न ध्यानाकर्षण गराएको हो ।
टिकटक प्लेटफर्ममा अश्लिल क्रियाकलाप बढिरहेकोहुनाले समाजमा विकृति फैलाइरहेको ठहर गर्दै एपलाई बैन गर्न टिकटोक बन्द संघर्ष समिति सप्तरीका जिल्ला संयोजक सचितानन्द यादव नेतृत्वको समुहले ज्ञापन पत्र बुझाउँदै बताए ।
भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि भारत सरकारले टिकटक बैन्ड गरिदिएको जानकारी गराउँदै भने नेपालमा पनि बन्दहुनु पर्ने अभियन्ता अजय दासले बताए ।
टिकटकबाट शिक्षा, स्वास्थ्य, आर्थिक हानीका साथै मानसिक तनाव समेत भईरहेको सह(संयोजक चन्दन नायकले बताए ।नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु बढ्न थालेपछि टिकटक बन्द सँघर्ष समिति नै बनाएर सरकारलाई ज्ञापन पत्र बुझाउन थालेको छ ।