शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक चाडपर्व नजिकिदैँ जादा सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि अवैध समानहरु धमाधम पक्राउ पर्न थालेका छन् । सोहि क्रममा सप्तरीको बोदे बर्साइन नगरपालिका वडा न. ८ स्थित सोनापुरबाट सशस्त्र प्रहरीले १ लाख भन्दा बढिको अबेध औषधि बरामद गरेको छ ।
भारतबाट अबेध रुपमा टाउकोमा बोकि नेपालतर्फ ल्याउदैँ गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपटिको टोलिले १ लाख ४ हजार ८ सय रुपेया बराबरको अवैध औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो ।
उहाका अनुसार सशस्त्र प्रहरीको गस्ति टोलि हेरेर तस्करहरु औषधि फालेर फरार भएको र तस्करहरुको खोजि कार्य तिव्र रुपमा भइरहेको जनाएको छ ।
यता बरामद गरिएका औषधिलाइ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ ।