शैक्षिक सुधारकैँ लागि शिक्षक पेशामा छौँ, तर हाम्रोे समस्या समाधान गरी देऊ स्थानिय सरकार ?
यो प्रश्न आजको कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षक,शिक्षिकाहरुको हो ।
सप्तरी । मुलुक संघिय संरचनामा आएदेखि पहिलो पटक शैक्षिक सुधारका निम्ति छिन्नमस्ता गाउँपलिकाले पालिका भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षक,शिक्षिका र कर्मचारीहरुको भेला आज सम्मपन्न गरेका छन् । पालिकाले शिक्षक, शिक्षिका तथा विद्यालयका कर्मचारीहरुसँग शैक्षिक सुधार सम्बन्धमा अन्तरक्रिया कार्र्यक्रममा गापा भित्र रहेका १९ वटै विद्यालयका शिक्षकहरुले विद्यालय शिक्षामा रहेका समस्याकाहरु पालिका समक्ष राखे ।
विद्यालयमा भएको समस्या राख्ने क्रममा भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर यादवले शिक्षाको स्तरसुधारका लागि समयमै पाठ्यपुस्तक लगायतका शैक्षिक समग्रि उपलब्ध गराउँनु पर्ने, शिक्षकको स्तररोन्तिका निमित समयसमयमा आवश्यक पर्ने तालिमको व्यवस्था हुनुपर्ने समस्या सुनाए । यादवका अनुसार विद्यालयमा शिक्षकदरवन्दि अनुसारको हुनुपर्ने, विद्यालयलाई आवश्यक परेमा आन्तरिक शिक्षक राख्न अनुदानको व्यवस्था गरिनुपर्ने, विद्यालयको भौतिक अवस्था अवलोकन गरि सुधार गर्नुपर्ने र मावि सखडामा संचालनमा रहेका सिटिईभिटिईको शिक्षाको अवस्था जिर्ण बन्दै गएकोले त्यसको सुधारका निम्ति आवश्यक व्यवस्था मिलान भएमात्र यस गाउँपालिको शैक्षिक स्तरमा सुधार हुनसक्ने बताए ।
त्यस्तै शिक्षक दुर्गानन्द यादवका अनुसार शिक्षामा सुधारका लागि विद्यार्थीलाई समयमै विद्यालयमा उपस्थित गराउन गाउँटोलमा शैक्षिकजागरणको अभियान चलाउँनुपर्ने विचार व्यक्त गरे । त्यसैक्रममा शिक्षक विरेन्द्र यादवले शिक्षकको तालिका अनुसार समयसमयमा सरुवा समेत गर्नुपर्ने, छात्रवृतिको व्यवस्था हरेका समुहका विद्यार्थीलाई समयमै गर्नुपर्ने, उत्कृृष्ट विद्यालयलाई पुरस्कृत गरेमा केहि हदसम्म शैक्षिक गुणस्तरमा सुधार हुने विचार राखेका थिए ।
त्यस्तै, शिक्षक मनोज कुमार मण्डलले प्रत्येक विद्यालयले शैक्षिक स्तरको कार्यविवरण प्रत्येक त्रैमासिकमा सार्वजनिक गर्नुपर्ने, उत्कृष्ट विद्यालयलाई नुमुना विद्यालयका रुपमा घोषण हुनुपर्ने, विद्यालयमा यथास्थितिमा रहेका भौतिक संरचनाको स्तररोन्ति, विद्यार्थी आकर्षित गर्न डिजिटल शिक्षामा जोड, विद्यालयलाई समयसमयमा अनुगमन गरे शिक्षामा सुधार अवश्य हुने धारण व्यक्त गरे ।
मावि सखडाका शिक्षक र्ईन्द्रबहादुर थापाले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै भने, म निमावि शिक्षक हुँ तर विगत १० वर्ष देखि मावि, उच्चमाविसम्म एक्लै प्रत्येक दिन ९ वटा कक्षामा जानुपर्ने बाध्यता रहेको छ । त्यसैले विद्यालयमा अपुग शिक्षकको पूर्ति समयमै गरे शिक्षाको स्तरमा सुधार हुने बताउँदै थपे शिक्षकलाई प्रोत्साहन गर्न कुनै किसिमको कार्यक्रम संचालन नभएको हुनाले शिक्षकको हौसलामा ह्रास आईरहेको बताए । थापाका अनुसार शिक्षक माथि अभिभावकद्धारा तानासाहि व्यवहार, विद्यालय व्यवस्थापन समितिले आप्mनो काम, कर्तव्य नबुझि शिक्षक माथि दादागिरी शैलिमा प्रस्तुत भईरहेको हुनाले समेत शिक्षाको स्तरमा ह्रास आईरहेको सुनाए ।
शिक्षकहरुको तलब मासिक रुपमा दिन व्यवस्था मिलाउनुपर्ने माग समेत कार्यक्रममा शिक्षक थापाले राखे ।
कार्यक्रममा उपस्थित एक शिक्षकका अनुसार परिवर्तन आफैँबाट गर्नुपर्ने बताउँदै भने, पालिका भित्र विभिन्न विद्यालयहरुमा रहेका जस्तापाताको छानाको विस्थापन , खानेपानी व्यवस्थापन, मावि विद्यालयमा मावि स्तरको शिक्षको कमि र शैक्षिक सुधारका लागि छुट्रटै अनुगमन समितिको व्यवस्था भए सुधार हुने विचारराखेका थिए ।
शिक्षक प्रतिनिधिहरुबाट विभिन्न समस्याहरु सुनिसकेपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ललन यादव चिन्तित हुदैँ भने, यस पालिकाका शिक्षक र शिक्षाका सुधारका लागि हातेमालो गर्न पालिका तत्पर रहेको बताए । जसका लागि शिक्षकले जाहेमा पालिकाले प्रत्येक महिनामै शिक्षकको तलब सुविधा उपलब्ध गराउँन सतप्रतिशत सहयोग गर्ने बताए । साथै पालिकाको विरुद्धमा नकारात्मक टिप्पणी नगरिदिन आग्रह समेत गरे ।
त्यस्तै, उपाध्यक्ष राजो देवी यादवले शैक्षिक सुधारका लागि विद्यालयको समस्या समयमै समाधानका उपाय खोच्ने बताएकिछिन् । साथै विद्यालय सुधारका निम्ति प्रत्येक विद्यालयमा अनुगमन समेत गर्ने र विद्यार्थी अनुपस्थित भएमा पालिका लाई समेत जानकारी गराईदिन आग्रह समेत गरिन् ।
शिक्षकहरुको समस्या सुनेपछि गाउँपालिका अध्यक्ष विद्यानन्द चौँधरीले भने, समाधान खोज्ने जिम्मा मेरो भन्दै थपे पालिकाको अधिकृतको विवादमा संघिय सरकारको मन्त्रालयको प्रतिकार गरि स्थानिय सरकारले जित हासिल गरे जस्तै शैक्षिक स्तरमा रहेको समस्याको समाधान खोजी कार्र्यन्वयन गरी त्यस उपर पनि जित हासिल गर्ने बताए । चौधरीका अनुसार त्यसका लागि शिक्षकले पनि जिम्मेवारी वोधका साथ काम गर्ने विश्वास लिएको बताएका छन् ।
पूर्व जनप्रतिनिधिहरुको समयमा शिक्षकहरुले तलबका लागि गरेका आन्दोलन लाई सम्झिदैँ भने भविष्यमा तपाईहरुलाई त्यस्तो समस्या नआउँने प्रतिबद्धता समेत गरे । अध्यक्ष चौधरीका अनुसार पालिका भित्र रहेको विद्यालयमा कुनैखाले आवश्यक काम भए ५ लाख सम्मको योजना अहिले पनि राख्न सक्ने ठाउँरहेको हुनाले शिक्षकहरुलाई योजना ल्याई आफुसँग सम्पर्क गर्न समेत आग्रह गर्नुसाथै हेलो सरकारको यथाशिग्र व्यवस्था मिलाउँने बाँचा समेत गरे ।