शुभ नारायण यादव, सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौ नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रबेश गरेका छ्न । महादेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका हुन ।
जसपा महादेवा गाउँपालिकाद्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नव प्रबेशी नेताकार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला,टिका लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि महादेवा गाउँपालिका पुर्व अध्यक्ष यादव, माओवादी केन्द्र परित्याग गरि राजनारायण साह, तत्कालीन महादेवा गाउँपालिकाका अध्यक्ष दानालाल यादव, जगदीश मण्डलको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा परित्याग गरि ५ सय भन्दा बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेको जसपा सप्तरीका उप सचिब शम्भु कुमार यादवले जानकारी दिए ।
जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एबम सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का साँसद उपेन्द्र यादव, केन्द्रिय कार्यकारिणी समिती सदस्य एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख) का साँसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादवको उपस्थिति रहेको थियो ।
पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह,मधेश प्रदेश साँसद नेत्रविक्रम साह, राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रिय सदस्य अशोक यादव,केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गिता यादव, मधेस प्रदेशका मुख्य सचिब दिनेश कुमार यादव, सचिब युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका पार्टीका केन्द्र प्रदेश, जिल्ला र स्थानीय तहका विभिन्न तहतप्काका नेताकार्यकर्ताहरुको उपस्थिति रहेका थिए । जसपा महादेवा गाउँपालिका सचिब दुर्गानन्द यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपसचिव वलराम साहले गरे ।