शुभ नारायण यादव, सप्तरी । विश्वकर्माको मुर्ति जल प्रवाहका क्रममा डुबेर बेपता भएका एक पुरुषको शव आज(मंगलवार) बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउँपालिकाको बिचमा पर्ने बरहि बिरपुर स्थित कोशि नहरमा वेबारिसे अवश्थामा शव फेला परेको छ ।
दुई दिन अगाडि मात्रै विश्वकर्माको मुर्ति जल प्रवाह गर्न सप्तरीको राजविराजबाट आएको टोलि मध्ये एक जना युवक अन्दाजि २५,३० बर्षिय डुबेर बेपता भएको थियो । झण्डै दुई दिन पछि आज विहान सो युवकको शव मृत अवस्थामा कोशि नहरमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार दुई दिन देखि लापता भएको युवकको खोजीकार्य भइरहेको तर, नहरमा पानी बढिभएको हुनाले फेला पार्ननसकेको थियो । यघपी नहरमा पानी घटेपछि मंगलवार विहान वेपता युवक मृत अवस्थामा फेला परेको बताए ।
युवकको शवलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा नहरबाट निकालि शवलाइ पोष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ । उक्त शवको सनाखन हुन नसकेपनि आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।