काठमाडौं । सर्वोच्च अदालतले कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरेको हो । अदालतले राजपत्र अनंकित तथा श्रेणी विहिन कर्मचारीहरुको नामावली आज प्रकाशन गरिएको छ ।
१ सय ८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २ सय ६४ जनाको सरुवा गरेको अदालतले जनाएको छ ।