सप्तरी । छिन्नमस्ता गाउँपालिकामा ईफटि अर्थात इलेक्ट्रिक फण्ड ट्रान्सफर सेवा सुरु भएको छ ।
इलेक्ट्रिक फण्ड ट्रान्सफर सेवाबाट गाउँपालिकामा हुने कुनैपनि कामको भुक्तानी सिधा उपभोक्ताकोे खातामा जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादवले जानकारी दिएका हुन् ।
उहाँका अनुसार ईफटि अर्थात इलेक्ट्रिक फण्ड ट्रान्सफर सेवाले चेक काटेर दिने झन्झटिलो प्रक्रिया भन्दा अनलाईन सेवा नै सहज हुने बताए ।
यो सेवा सप्तरी जिल्लाकै स्थानिय तहहरु मध्येको पहिलो सुरुवात भएको दावी गरे । उहाँका अनुसार दशैं अगाडी नै भएको विकासिय कामहरुको भुक्तानी गरिने जानकारी दिएका छन् ।
गापा अध्यक्ष विद्यानन्द चौधरीका अनुसार विभिन्न समयमा चेक काट्ने,साट्ने देखि कहिले काही चेकमा हुने समस्याको अन्त्य भएको बताए । अगामी समयमा विभिन्न कार्यहरुलाई अनलाईन मार्फत जनतालाई सहज र प्रभावकारी हुने गरी अनलाईन सेवामा विषेश ध्यान दिने बताएका छन् ।