राजविराज, ६ असोज । सेभ द सप्तरीको २३ औ वार्षिक साधारण सभामा बिहिवार राजबिराजमा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा काम गर्ने सेभ द सप्तरीले विभिन्न क्षेत्रका समस्याहरूलाई न्यूनिकरण गर्नका लागि जिल्लाको विभिन्न पालिकाहरूमा कार्य गर्दै आएको छ ।
बि.स. २०५६ सालमा स्थापना भई समाजको हरेक क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले सेभ द चिल्ड्रेन, युस एड, युनिसेफ, युएनएफपिए, अक्सफाम लगायत दातृ निकायको सहयोगमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवले बताउनु भयो ।
अध्यक्ष देवले आव ०७८।७९ मा ६ करोड ७ लाख ४२ हजार ८ सय १६ रूपैया खर्च भएको जानकारी गराएका थिए भने सक्रिय परियोजना बालश्रम निवारणका लागि ३७ लाख ९७ हजार ८ सय ३ रूपैयाको आयब्यय सार्वजनिक गरेका थिए । हाल सस्थाले तिलाठीकोईलाडी गाउपालिका, राजबिराज नगरपालिका, छिन्मस्ता गाउपालिका, बिष्णुपुर गाउपालिकामा कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले सेभ द सप्तरीले गरेको काम र योगदानको बारेमा प्रशंसा गरेका थिए । त्यसैगरी छिन्नमस्ता गाउपालिका अध्यक्ष विद्यानन्द चौधरीले सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले बालबालिकाहरूको शैक्षिक गुणस्तरमा सुधार सँगै बालविकास केन्द्रको निर्माणमा र स्वास्थ्य क्षेत्रमा गर्दै सहयोगको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जिसस उपप्रमुख , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, सेभ द चिल्ड्रेन शिक्षा टेक्निकल म्यानेजर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष, गैसस महासंघ सप्तरी अध्यक्ष, सबल नेपाल अध्यक्ष, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजबिराज प्रमुख , जिल्ला प्रहरी प्रमुख, नेपाली सेनाका प्रतिनिधि, विभिन्न पालिका अध्यक्ष, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।