सप्तरी । छिन्नमस्ता गाउँपालिका स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा विजया दशमीको उपलक्ष्यमा हुने पूजापाठ व्यव्स्थापन, बजार व्यवस्थापन, शान्ति सुरक्षा लगायतका विषयमा छलफल कार्यक्रम गरिएको छ । आज (शनिबार) छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष बिद्यानन्द चौधरीको अध्यक्षतमा जिल्लाका सरोकारवाला निकायसंग छलफल कार्यक्रम गरिएको हो ।
छलफलको क्रममा बजार व्यवस्थापन, मन्दिर व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको छ । त्यसैक्रममा स्थानिय नेता तेज नारायण यादवले सखडा मन्दिरको समग्र विकास, व्यवस्थापनका लागि मन्दिरको विधान बनाउँन जोडदार माग गरेका छन् । साथै बजार व्यवस्थापनमा व्यापारीहरुकोे मनपरीका कारण यहाँ आउँने आन्तरिक तथा वाहिय पर्यटकहरुले विभिन्न खाले सास्ति भोेग्नु परिरहेको बताए । स्थानिय, व्यपारी, बुद्धिजिवि, अगुवाहरुले पनि सखडा बजार व्यवस्थापनमा व्यपारीहरु कै मनपरीका कारण कालोबजरी, कमसल समग्रीको विक्रिवितरण लगायतका कार्यहरु भईरहेको आरोप लगाएका थिए ।
त्यस्तै छिन्नमस्ता भगवती मन्दिर शक्तिपिठका पिठाधिस महाकान्त ठाकुले पनि व्यपारीहरुलार्ई झपार्दै भगवति देवीकोे किरिया(कमस) दिदैँ अनैतिक कार्य नगर्न आग्रह गरेका छन् । पुजामा सुरक्षामा कुनै कसर नराख्ने जिल्लाका सिडिओ र एसपीले भनेका थिए । उनीहरुले सिमा देखि लिएर मन्दिर सम्मको सुरक्षाको जिम्मेवारी पुर्ण रुपले निर्वाह गर्ने प्रतिब्द्धता जनाएका थिए ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष बिद्यानन्द चौधरीले यसपालिको दशैँलाई मर्यदित, व्यवस्थित बताउँन कुनै कसर बाकिँ नराख्ने बताएका छन् । अध्यक्ष चौधरीका अनुसार दशैँमा लाग्ने मेलालाई व्यवस्थित बताउँनका निम्ति ठाउँ ठाउँमा हेल्प डेस्क, स्वयंमसेवक, प्रहरी परिचारलन, गाउँपालिका जनप्रतिनिधिहरुको टिम, युवाको सहभागितामा दशैंमा कसैलाई केहि समस्या नहुने ठंगले तयारी गरिहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बिशिष्ट अतिथिद्वय गाउँपालिका उपाध्यक्ष राजु देवी यादव एवम प्रहरी उपरीक्षक अभि नारायण काफ्ले रहेका थिए । कार्यक्रममा छिन्नमस्ता शक्तिपिठका पिठाधिस महाकान्त ठाकुर, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतका उपस्थिती रहेको थियो ।