सप्तरी । छिन्नमस्ता गाउँपालिकामा दशैंको समय हुने भलिवल प्रतियोगिता यस वर्षबाट फेरी हुन गईरहेको छ । पहिल्लो केहि वर्ष देखि हुन नसकेको भलिवल प्रतियोगिता गाउँपालिकोको सहयोगमा दशैँमा राष्ट्रिय स्तरका खेलाडिहरुका विच सम्पन्न हुन गईरहेकोे अध्यक्ष विद्यानन्द चौँधरीले जानकारी दिएका छन् ।
खेलका लागि सखडाको विच चौँकमा रहेको विद्यालयको फिल्डलाई आज(शनिवार) विहानैँबाट व्यवस्थित गर्न अध्यक्षका टिमले लागि परेको छ ।
विगतमा दशैँको समयमा छिन्नमस्तामा आयोजना गरिएको भलिवल प्रतियोगित देशैँभरका खेलप्रेमिहरु निकैँ मनपारएका थिए । तर, विभिन्नका कारणले रोकिएको भलिवल खेलले सखडाको दशैँलाई नै खल्लो बनाएका थिए । तर, यस वर्षबाट हुन गईरहेको भलिवल प्रतियोगिताले खेलप्रेमिमा एकप्रकारको खुशियाली छाएको छ ।
दशैँमा हुने खेलको प्रत्यक्ष प्रशारण नागरिक एक्सप्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि हुने नागरिक एक्सप्रेस अनलाईनका सम्पादक रुपेश यादवले जानकार दिएका छन् ।