सप्तरी । जनमत पार्टी द्धारा सखडेश्वरी भगवति मन्दिर लगायत बजारमा आज सरसफाई कार्यक्रम गरिएको छ ।
विजया दशमीको शुभउपलक्षमा जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाको आयोजनामा आज विहान ७ बजे देखि गरिएको सरसफाई कार्यक्रममा मन्दिर प्रांगणको चौतर्फी लगायत बजारमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा छिन्नमस्ता वडा नंं २ वडा अध्यक्ष सिकेन्द्र साहका अनुसार सरसफाईमा आम नागरिक स्तर बाटै गर्नुपर्ने भएकोले सबैले आफ्नो स्थानबाट सरसफाई गर्नुपर्ने बताए ।
कार्यक्रममा जनमत पार्टीका गाउँ कमिटि, जिल्ला कमिटि, स्थानिय अगुवा नेताहरुको सहभागिता रहेको थियो ।