सप्तरी । भोली(आईतवार)बाट छिन्नमस्ता गाउँपालिमा सखडामा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता हुने भएको छ । विजया दशमीको शुभ उपलक्ष्यमा छिन्नमस्ता गाउँपालिका प्रथम राष्ट्रिय अध्यक्ष कप प्रतियोगिता २०७९ हुन गईरहेको छ ।
गाउँपालिकाको आयोजनामा सखडामा रहेको विद्यालयको फिल्डमा ३ः०० बजेबाट हुने भलिवलमा राष्ट्रिय स्तरका खेलाडिहरुले भाग लिने छन् ।
९ दिन सम्म चल्ने खेलमा नेपाल प्रहरीका खेलाडि, शसस्त्र प्रहरी बलका खेलाडि, नेपाली सेनाका खेलाडि, राष्ट्रिय स्तरका भलिवल क्लबहरुको सहभागिता हुने गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
भलिवल खेल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ लाख १० हजार नगद, ट्रफि, कप, दोस्रोे हुने टिमलाई ५१ हजार, नगद, ट्रफि, कप, प्रमाण पत्र दिनुका साथै उत्कृष्ट खेलाडिलाई पनि पुरस्कृत गर्ने अध्यक्ष चौधरीले बताएका हुन् ।
चौधरीका अनुसार खेलको उदेश्य यसको मौलिकता, कला एवम् संस्कृतिको संरक्षण एवं जगेर्ना हुनुका साथै राष्ट्रिय, अन्तराष्ट्रिय जगतमा छिन्नमस्ता भगवतिको ख्याति प्राप्त गर्नेमात्र रहेको बताएका हुन् ।
खेलको प्रत्यक्ष प्रसारण नागरिक एक्सप्रेसको फेसबुक पेजबाट गरिने छ ।
लिंक
https://www.facebook.com/nagarikexpressonline