सप्तरी । छिन्नमस्ता गाउँपालिकाद्वारा वडा दशैँको उपलक्ष्यमा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भोलिबल प्रतियोगिता खेल आज सोमबारबाट सुरु भएको छ ।
उद्धघाटन खेलमा डाक्नेश्वरीको कविलाशा विरुद्ध छिन्नमस्ता बिच भएको थियो । श्री शंकर नव युवा भलिवल टिम कविलासासँग भएको खेलमा छिन्नमस्ता गाउँपालिका ३ सखडाले ५ ईनिंग मध्ये २ वटा इनिंगको खेल जितेका हुन् । आजको खेल साँझ परेकाकारण खेलको निर्णय हुन सकेको थिएन् । यो खेल भोली पुनः १ बजे देखी सुरु हुने आयोजकले बताए । यो खेल विजय दशमी सम्म चल्ने आयोजकले बताए ।
प्रतियोगितामा कुल १० वटा टिम सहभागि रहेका छन । जसमा ८ वटा पुरुष टिम र २ वटा महिला टिमको सहभागिता रहेको आयोजकले बताए । विजेता टिमलाई नगद १ लाख १ हजार र उपविजेता टिमलाई ५१ हजार नगद तथा शिल्ड दिइने आयोजक टिमले बताए । खेलको मैन अफ दि सिरीजमा ५ हजार नगद र शिल्ड समेत बितरण हुने बसन्त कुमार चौधरीले बताए ।
सहभागिता टिमहरुमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, सुनसरी, मोरङ, सिरहा, धनुषा, सुरुङ्गा नगरपालिका धरान, नेपाल पुलिस आर्मी क्याप रहेका छन ।
खेल गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरीको अध्यक्षतामा सुरु भएको हो । खेलको उद्धघाटन समारोहका प्रमुख आतिथि शक्तिपिठ छिन्नमस्ता भगवति मन्दिरका पिठाधिश महाकान्त ठाकुर रहेका थिए विशिष्ट आतिथिद्वय गाउँपालिकाका उपाध्यक्ष राजोदेवी यादव र प्रमूख प्रशासकीय अधिकृत ललन कुमार यादव रहेका थिए ।
उद्धघाटन सत्रमा छिन्नमस्ता गाउँपालिका भित्र हरेका ७ वटै वडाका वडा अध्यक्ष, स्थानीय बुद्धीजीवि, पत्रकार समाजसेवी राजनितीकर्मी युवाहरुको सहभागिता रहेका थिए ।