सप्तरी । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले आप्mनो सम्धिनी रिता यादवलाई प्रदेश सभा तर्फ समानुपातिकमा सिफारिस गरेका छन् ।
मंसिर ४ गते हुनु लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभापति यादवको दवावमा सप्तरी ३(ख)बाट रिता यादवको दोस्रो नम्बरमा सिफारिस गरिएको प्रति जिल्ला नेता कार्यकर्ताहरु आक्र्रोशित बनेका छन् । पार्टी नेतृ रिता यादव पार्टीमा सम्धिकोे पावर पहुचको आधारमा मधेशी महिलाहरुको समानुपातिक सिटमा सिफारिस गरिएको काँग्रेसका नेता कार्यकर्ता बताउँछन् ।
समानुपातिक तर्फको सिटमा यादवको सिफारिस रिता यादवको सम्धि सभापति कृष्ण प्रसाद यादवको दवावमा रहि गरिएको प्रति समानुपातिकमा पर्ने वास्तविक मधेशि महिलाहरु प्रति अन्याय गरिएको पार्टीका महिला नेतृहरुले सभापति यादव माथि आरोप लगाएका छन् । उता सभापति यादवको सिफारिस प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर १ र प्रदेश सभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर १ (ख) बाट भएको हो।
नेपाली काँग्रेसको प्रदेश सभापतिको हैसियतले मधेस प्रदेशका मुख्यमन्त्रीको आकांक्षी रहेका सभापति यादव संविधान सभा सदस्य रहिसकेका छन्। रौतहट क्षेत्र नम्बर ४ बाट संविधान सभामा निर्वाचित सभापति यादवको गृह क्षेत्र अहिले रौतहट क्षेत्र नम्बर १ रहेको छ।
गठबन्धन नभएमा र पार्टीले आवश्यकता महसुस गरेमा सभापति यादव प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने छन् भने गठबन्धन भएमा सभापति यादव पनि प्रदेश सभाको लागि क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार हुने छन्।